इन्द्रजात्राको अवसरमा गरिने कुमारीको रथयात्रा अवरुद्ध भएको छ । बजेट कटौतीका नाममा सरकारले बलिका लागि रकम कटौती भन्दै स्थानीय बासिन्दाले शुक्रबार साँझदेखि नै रथयात्रामा अवरोध सिर्जना गरेका छन् । तर, रकम कटौतीको निर्णयफिर्ता लिइएको जानकारी प्रहरीले गराए पनि स्थानीय बासिन्दाले आफ्नो अवरोधलाई कायमै राखेका छन् । प्रहरीले गृहमन्त्रालयको पत्र मार्फत रकम कटौतीको निर्णयफिर्ता भएको जानकारी दिएपनि स्थानीय बासिन्दाले यसप्रति विश्वस्त देखिएका छैनन् । यसअघि रकम कटौतीको निर्णयगरेकोमा अर्थ मन्त्री र संस्कृति मन्त्रीले माफी माग्नुपर्ने अडान स्थानीय बासिन्दाले राखेका छन् । माफी नमागेसम्म रथ अघि नबढाउने उनीहरुको अडान छ । कुमारी रथयात्राको अन्तिम दिन राँगा, बोकाको बलि दिने परम्परा छ ।
Source: avenues.tv

