इन्द्रजात्रा प्रकरणमा आन्दोलनरत पक्ष र सरकारबीच आइतबार साँझ सहमति भएको छ । दुइ पक्षबीच अर्थमन्त्रालयमा भएको वार्तामा आन्दोलनमा घाइते भएकाहरुलाई उपचार खर्च दिने, खर्च कटौतीको निर्णयबदर गरिने, संस्कृति मन्त्रालय अर्न्तर्गत संस्कृति विभागीय प्रमुखमा संस्कृतिविज्ञ नेवाः समुदायकै हुने सहमति भएको छ । बल्रि्रथालाई निरन्तरता दिने, नेवारी संस्कृतिको बारेमा अध्ययन टोली बनाइने, अर्थमन्त्रीद्वारा खर्च कटौती गरेमा गल्ती स्वीकार्ने, नेवारी जात्रा पर्वका लागि एउटा समिति बनाइने, चाड पर्वका क्रममा दिइँदै आएको ठेक्का प्रचलन अन्त्य गरी समितिले नै कार्य गर्ने सहमति भएको छ । सहमतिपछि आन्दोलनकारीहरुले आन्दोलनका सबै कार्यक्रमका फिर्ता लिएका छन् । सहमतिपत्रमा अर्थमन्त्री डक्टर बाबुराम भट्र्राई, कामु सचिव कृष्णहरि बास्कोटा, सभासद्हरु डक्टर मंगलसिद्धि मानन्धर, हितमान शाक्य, ध्यानगोविन्द रञ्जित, कृष्ण अमात्य, बुद्ध सायमि, पुलुकिसि नाचका नाइके मोहनकृष्ण डंगोल, लाखे नाचका नाइके लक्ष्मणराम रञ्जित, आकाश भैरव सव द्यः नाचको तर्फाट नाइके सागर पुतुवार, कुमारी घर प्रतिनिधि गौतम शाक्य लगायतले हस्ताक्षर गर्नुभएको छ । इन्द्रजात्राको अवरुद्ध रथयात्रा सोमबारदेखि सुचारु हुने भएको छ ।
Source: avenues.tv

